
काठमाडौं, २९ चैत । अमेरिकामा कोरोना संक्रमणबाट अर्का एक जना नेपालीको मृत्यु भएको छ ।
अमेरिकाको न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको हो । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
न्यूयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालले पुष्टी गरेको छ ।
न्यूयोर्कका मृत्यु हुने थापा पाँचौं नेपाली हुन् ।















प्रतिक्रिया