८ मंसिर २०८३, मंगलबार

नेपालबाट कोरोना संदिग्ध छिर्छन् भन्ने विषयमा सत्यता छैन : डिजीपी,  बिहार

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । भारतीय मिडियाले प्रचार गरिरहेका कोरोना भाइरस संदिग्ध नेपाल हुँदै भारत छिर्ने भन्ने विषयमा कुनै सत्यता नरहेको बिहारका प्रहरी महानिर्देशक (डिजीपी) गुप्तेश्वर पान्डेयले बताएका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को एउटा पत्रलाई आधार बनाउँदै भारतीय मिडियाले पर्साका जालिम मुखियालगयातले कोरोना संक्रमितलाई आफ्नो देशमा पठाउन लागेको भन्दै अफवाह फैलाइरहेका थिए ।

यसै सन्दर्भलाई उल्लेख गर्दै डिजीपी पान्डेयले सीमाहरु बन्द रहेको अवस्थामा आएको यो चर्चामा सत्यता नभएको र कुनै प्रमाणसमेत नरहेको प्रष्ट बनाएका छन् ।

अवैध हतियार र लागु औषध तस्करीमा मुखियाको संलग्नता रहेको उल्लेख गर्दै भारतीय मिडियाले कोरोना भाइरस जस्तो ठूलो विषयमा झूठा समाचार संप्रेषण गरिरहेका छन् ।