३ कार्तिक २०८३, मंगलबार

कोरोना परीक्षण गति सुस्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । कोरोना संक्रमण नियन्त्रणमा राख्न विज्ञहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दोहो-याउँदै आए पनि अझै त्यसो हुन सकेको छैन ।

सबै प्रदेशमा कोरोना परीक्षण ल्याब स्थापना गरेर परीक्षणको काम थालिए पनि यसले अपेक्षाअनुसार गति लिन सकेको छैन। परीक्षणको गति र दायरा बढाउन निरन्तर दबाब बढ्दै गएपछि स्वास्थ्यकर्मीले केहीदिन यता किटमार्फत -यापिड टेस्टसमेत गर्न थालेका छन्।

कोरोना परीक्षणका लागि प्रदेश १ मा शुक्रबारसम्म १ सय ८० जनाको नमुना संकलन भएको छ। तीमध्ये १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

धरानस्थित बिपी कोइरराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण भइरहेको छ। शुक्रबारदेखि विराटनगरस्थित कोसी अस्पतालमा पनि परीक्षण सुरु भएको छ। अब अझै धेरैको जाँच गर्न सकिने प्रदेश सरकारले जनाएको छ।

प्रदेशमा शुक्रबारसम्म १० जना आइसोलेसनमा छन्।२२ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको प्रदेश हेल्थ डेस्कले जनाएको छ। क्वारेन्टाइनमा रहनेको संख्या भने प्रदेश १ मा धेरै छ।शुक्रबारसम्ममा ६ सय ८ जना सरकारी क्वारेन्टाइनमा र ३ हजार दुई सय ९५ जना होम क्वारेन्टाइनमा रहेको प्रदेश सरकारले जनाएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।