८ मंसिर २०८३, मंगलबार

डीआईजीमा यी दश एसएसपीहरूको बढुवा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपाल प्रहरीका दश जना एसएसपीहरूलाई बढुवा समितिले डीआईजीमा बढुवाको सिफारिस गरेको छ ।

गृहमन्त्रालयमा शुक्रबार बसेको समितिको बैठकले दश जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षकमा बढुवा गरेको हो ।

बढुवा हुनेमा घनश्याम अर्याल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रो र तेस्रोमा क्रमशः प्रकाशजंग कार्की र बसन्तकुमार पन्त बढुवा भएका छन् ।

ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी बढुवा भएको विज्ञप्तिमा उल्लेख छ ।