काठमाडौं । नेपाल रजतपटतकी चल्ति नायिका पूजना प्रधान अस्पतालको कोमामा राखेर उपचार भइरहेको दृश्य सार्वजनिक भएको छ । राजधानीको एक अस्पतालमा उपचार गराइरहेको अवस्थामा उनको दृश्व सार्वजनिक भएको हो । खबर अनुसार उनलाई कोमामा राखेर उपचार हुँदैछ ।
चकलेट चलचित्रको शुटिङमा उनलाई राजधानीको एक अस्पतालको कोमामा राखेर उपचार गरिएको हो । त्यो उपचार ‘रिल लाईफ’मा हो, चलचित्रका लागि। रियल लाइफमा होइन् ।
आफै निर्माता रहेकी पूजना चलचित्र शुटिङका क्रममा कोमामा पुगेकी हुन् । निर्मल शर्मा ‘गैँडा’को निर्देशन रहेको चलचित्र ‘चकलेट’को सार्वजनिक भएको ट्रेलरमा उनलाई कोमामा उपचार गराइरहेको अवस्थामा देख्न सकिन्छ ।
सडक बालबालिकाको कथालाई उठाएको चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य ,केशव भट्टराई,सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।
चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्त्रीले लेखेकी हुन् । चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।















प्रतिक्रिया