काठमाडौं, २६ फागुन । विश्वकप क्रिकेटमा आयरल्याण्डले पहिले व्याटिङ गरेर भारतलाई २६० रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा २५९ रनमा अलआउट भयो ।
अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ । आयरल्याण्डका विलियम पोर्टरफिल्ड सर्वाधिक ६७ रन बनाए । उनले ९३ बलको खेलमा ५ चौका र १ छक्का हाने । पल स्टर्लिङले ४२ रन बनाए ।
ओब्रायन ७५ रन बनाए । बाल्बेर्नी २४ रनमा आउट भएपछि आयरल्याण्डको व्याटिङ ओरालो लागेको थियो । २६० रन लक्ष्य पाएको भारत अहिले व्याटिङमा छ ।
भारतका मोहम्मद सामीले आयरल्याण्डका ३ विकेट लिए । आर अश्वीनले २ विकेट झारे ।














प्रतिक्रिया