३ कार्तिक २०८३, मंगलबार

पिआरटीको जिम्मा सेनालाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४चैत । सरकारले पेसेन्ट रिसिभिङ टिम (पिआरटी)को जिम्मेवारी सेनालाई दिएको छ । यसअघि प्रहरीलाई यसको मुख्य जिम्मेवारी थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै नेतृत्वमा पिआरटी गठन गरिएको थियो । ‘यसअघि ठ्याक्कै बिरामी तथा शंकास्पद व्यक्तिलाई कसले उठाउने भन्ने प्रस्ट थिएन, बाग्लुङमा पनि त्यस्तै समस्या देखियो,’ उच्चस्तरीय समितिका सदस्यसचिव बिडारीले भने, ‘त्यही भएर यसको डेडिकेटेड जिम्मेवारी सेनालाई दिइएको छ, ७७ जिल्लामै सेनाले त्यसका लागि टिम बनाउनेछ ।’ यस्तो टिममा स्वास्थ्यकर्मीसमेत हुनेछन् ।

सेना अनुशासित हुने र प्रोटोकल मान्ने भएकाले पनि उसलाई यस्तो जिम्मेवारी दिने निर्णय भएको बिडारीले बताए । बिरामी ओसार्न बीचमा बन्द कोठा भएको एम्बुलेन्सको प्रयोग गर्ने निर्णय पनि समितिले गरेको छ ।

पिआरटीमा पिपिई लगाएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सचालकलाई सरकारले शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ । नयाँपत्रिका दैनिकले खबर छापेकाे छ ।