
काठमाडाैं, १८ चैत । आइतबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
केहि दिनअघि भारतबाट आएकी उनि विरामी भएपछि अस्पताल भर्ना भएकी थिइन् । उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।











प्रतिक्रिया