८ मंसिर २०८३, मंगलबार

निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ चैत ।  लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य समान किनेर आएका दुई व्यक्तिलाई निर्घाट कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बनमा परेका छन् ।

भारतबाट दैनिक उपभोग्य सामान बोकेर आएका सप्तरी बलान बिहुल गाउँपालिका ३ का २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने हवल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् । चौधरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत थिए ।

भारत बिहारको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री किनेर घर फर्किरहेका उनीहरुलाई आइतबार सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दशगजा क्षेत्रमा नियन्त्रणमा लिई चौधरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

सशस्त्र प्रहरी हवल्दार चौधरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडिओमा कुटेर लाठी भाँचेको, लाठी भाँचिएपछि अर्को लाठी लिएर पुनः कुटपिट गरेको, घोप्टो पारेर कुटेको, कुहिना र घुँडा टेक्न लगाएर हिंडाएको देखिन्छ।