२८ आश्विन २०८३, बुधबार

नियमित दाँत नमाझ्नेलाई क्यान्सर जस्ता खतरनाक रोग लाग्नसक्छ !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brush-teeth

काठमाडौं । मुखको स्वास्थ्य ठीक राखिएन भने दाँतमा क्षति पुग्ने, गिजा कमजोर हुने र सास गनाउने जानकारी प्रायः मानिसलाई हुन्छ ।तर, दाँत सफा नराखेमा अझ खतरनाक रोगले समात्ने सम्भावना रहन्छ । अस्वस्थ दाँत र गिजाले गर्दा तपाइले अनुमान गरेको भन्दा गम्भीर रोग लाग्नसक्छ ।

– अल्झाइमर रोग  : सन् २०१० मा न्युयोर्क विश्वविद्यालयको अनुसन्धान टोलीले २० वर्षदेखिको तथ्याङ्क केलाएर गिजाको रोग र अल्झाइमर रोगबीच सम्बन्ध हुने जनाएको थियो । तथापि सो अनुसन्धान थोरै मानिसमाथि गरिएको थियो ।

सन् २०१३ मा बेलायतको युनिवर्सिटी अफ सेन्ट्रल लङ्कासायरका अनुसन्धानकर्ताले अल्झाइमर रोगले पीडित १० जना तथा सो रोग नभएका १० जना मानिसको मस्तिष्कको नमूनाको तुलनात्मक अध्ययन गरी न्युयोर्कका वैज्ञानिकको खोजलाई समर्थन पु¥याए ।
बेलायती अनुसन्धानकर्ताले अल्झाइमर रोगीको मस्तिष्कको नमूनामा पर्फाइरोमोनास जिन्जिभालिस ब्याक्टेरिया पाए । जुन स्वस्थ मानिसको मस्तिष्कमा थिएन । यस ब्याक्टेरियाले गिजामा सङ्क्रमण गर्छ ।

-प्यान्क्रियाजको क्यान्सर  : अमेरिकाको बोस्टनमा रहेको हार्बर्ड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धान टोलीले पहिलो पटक सन् २००७ मा गिजाको रोग र प्यान्क्रियाजको क्यान्सरबीचको सम्बन्ध पत्ता लगाएको थियो ।

अनुसन्धान टोलीले गिजाको रोगमा जिम्मेवार ब्याक्टेरियाले गर्दा प्यान्क्रियाजको क्यान्सर हुन्छ भने प्रमाणित गरेको छैन तर यी दुई समस्याबीच सम्बन्ध देखिएको चाहिँ जनाएको छ । यसैगरी, ब्रिटिस डेन्टल हेल्थ फाउन्डेसनले गिजाको रोग र प्यान्क्रियाजको क्यान्सरबीच सम्बन्ध रहेको स्पष्ट पारेको छ ।

गट जर्नलमा प्रकाशित यस सम्बन्धी विवरण अनुसार गिजाको रोगमा भूमिका खेल्ने केही ब्याक्टेरियाले प्यान्क्रियाजको क्यान्सरको खतरा दोब्बर बढाउँछन् । अर्कोतर्फ हानिकारक नहुने मुखका अन्य ब्याक्टेरियाले प्यान्क्रियाजको क्यान्सरको खतरा ४५ प्रतिशत कम गर्ने तथ्य पनि जुटाइएको छ ।  गिजाको समस्या पेरियोडोन्टाइटिसले दाँतलाई सहयोग गर्ने तन्तुलाई प्रभाव पार्दछ । यस समस्याका कारण दाँतको जरा वरिपरीको हड्डी क्षय हुन्छ ।

mouth430x300गिजामा हुने अर्को समस्या जेन्जिभाइटिसले दाँत वरिपरीको तन्तु सङ्क्रमित हुन्छ तर यसले गर्दा क्यान्सर नहुने जनाइएको छ । अनुसन्धान टोलीले गिजाको रोग भएका मानिसको मुखमा क्यान्सरजन्य तत्वको उच्च मात्रा र प्यान्क्रियाजको क्यान्सरबीच सम्बन्ध फेला पारेको थियो । नाइट्रोसामाइन भनिने ती तत्वले आन्द्रामा पाचक रसायनसँग प्रतिक्रिया देखाउँदा प्यान्क्रियाजको क्यान्सरका लागि वातावरण बन्ने अनुुसन्धान टोलीको भनाइ छ ।

– मुटुको रोग : अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले हरेक व्यक्तिले आपूmलाई मुटुको रोगबाट जोगाउन पहिले आफ्नो गिजा स्वस्थ पार्नुपर्ने सुझाव दिएका छन् ।

गिंजाको स्वास्थ्य सुधारे धमनीमा फोहर जम्ने समस्या कम हुने भनाइ अनुसन्धान टोलीको छ । अमेरिकन हर्ट एसोसिएसनको अनलाइन जर्नलमा यस बारेमा जानकरी दिँदै गिजालाई स्वस्थ पारेमा मुटुको समस्या एथ्रोस्क्लेरोसिसको विकास दर घट्ने बताइएको छ ।

यस प्रक्रियामा धमनीमा विस्तारै फोहर जम्न थालेको हुन्छ । जसले मुटुमा खतरा उत्पन्न गर्ने र मस्तिष्कघातको सम्भावना बढाउँछ ।
अनुुसन्धान टोलीले स्वयंसेवीको गिजामा हुर्केका ११ प्रजातिका ब्याक्टेरियाको जाँच गरेको थियो । यस्तै, मुखमा हुने ब्याक्टेरियाले केही गरी रगतमा पुगेमा रक्तथेक्ला सिर्जना गरेर जीवन खतरामा पार्ने अवस्था इन्डोकार्डिटिस उत्पन्न गर्दछन् ।

डब्लिनमा भएको माइक्रोबायलोजी सोसाइटीको वसन्तकालीन सम्मेलनमा वैज्ञानिकले यस सम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै थप अनुसन्धानले मुुटुमा सङ्क्रमण रोक्न नयाँ औषधि रचना गर्ने बाटो प्रसस्त हुने अपेक्षा व्यक्त गरेका छन् ।
स्ट्रेप्टोकोकस गोर्डोनी मुखमा हुने एक प्रमुख ब्याक्टेरिया हो र यसले गर्दा दाँतको सतहमा फोहर जम्छ । यदि रगत बग्ने गिजाको माध्यमबाट यी ब्याक्टेरियाले रक्त सञ्चार प्रणालीमा प्रवेश पाएमा मानव प्रोटिनको रूपमा झुक्याएर क्षति पुर्‍याउन थाल्छन् ।

आयरल्यान्डको रोयल कलेज अफ सर्जन्स र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताले स्ट्रेप्टोकोकस गोर्डोनी ब्याक्टेरियाले आफ्नो सतहमा बनाउने एक प्रकारको अणुद्वारा मानव प्रोटिन फाइब्रिनोजेनको नक्कल गर्नसक्छ । फाइब्रिनोजेनलाई रक्तथेक्लाको एक कारक मानिन्छ ।

teeth_2094216bयसले प्लेटलेट्सलाई रक्तनली भित्र नै एकआपसमा टाँसिएर झुप्पा पर्न लगाउँछ । यसरी बनेका रक्तथेक्लामा लुकेर ब्याक्टेरिया प्रतिरक्षा प्रणाली र एन्टिबायोटिक्सबाट जोगिन सक्छन् । प्लेटलेट्सको झुप्पा मुटुको भल्भमा जम्मा हुने वा त्यसले रक्तनली साँघुरो भएर मुटु र मस्तिष्कमा रगत प्रवाह रोकिन सक्छ ।

अनुसन्धानपत्र प्रस्तुत गर्दा डा. हेलेन पिटर्सनले भनेका छन्– ब्याक्टेरिया र प्लेटलेट्सबीचको सम्बन्धलाई राम्ररी बुझेर सङ्क्रमित इन्डोकार्डिटिसको उपचारमा नयाँ उपाय पत्ता लगाउन मद्दत पुग्ने छ, सङ्क्रमणले भएको इन्डोकार्डिटिसमा प्रमुख पक्ष भनेको मुटुको भल्भमा ब्याक्टेरिया टाँसिएपछि प्लेटलेट्सलाई जमाएर थेक्ला सिर्जना गर्नु हो, हामीले यस प्रक्रियामा शृङ्खालाबद्ध अनुसन्धान गरेका छौँ । स्ट्रेप्टोकोकस गोर्डोनीको प्रभाव मुखमा घटाउन नियमित रूपमा उचित किसिमले दिनमा दुई पटक दाँत माझ्नु पर्छ ।

– यौन दुर्बलता
३०औँ वसन्त पुगेका पुरुषको गिजामा समस्या भएमा उनीहरूमा यौन उत्तेजना तुलनात्मक रूपमा तीन गुणा कम हुने सम्भावना हुन्छ । सेक्सुअल मेडिसिन जर्नलमा जनाइए अनुसार टर्कीमा अनुसन्धान टोलीले यौन दुर्बलता भएका ३० देखि ४० वर्ष उमेरका ८० जना पुरुषको समान उमेर समूह र सङ्ख्याका स्वस्थ पुरुषसँग तुलनात्मक अनुसन्धान गरी उक्त निष्कर्ष दिएका हुन् । गिजा सङ्क्रमित भएका ५३ प्रतिशत पुरुषमा यौन दुर्बलता देखिएको अनुसन्धान टोलीको भनाइ छ । नियन्त्रित समूहमा यो समस्या २३ प्रतिशतमा मात्र देखियो ।

अनुसन्धान टोलीले जीवन र शरीरका अन्य पक्ष मोटोपना, परिवारको आय र शिक्षा जस्ता विषयलाई पनि हेरेर विश्लेषण गरी गिजामा सङ्क्रमण भएका पुरुषमा स्वस्थ गिजा भएकाको तुलनामा यौन दुर्बलताको खतरा ३.२९ गुणा अधिक हुने नतिजा निकलेको थियो ।

इनोनु विश्वविद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता डा. फैथ ओगुजले भनेका छन्– यौन उत्तेजनामा दुर्बलता एक प्रमुख स्वास्थ्य समस्या बन्दैगएको छ, यसले विश्वमा लगभग १५ करोड पुरुष र उनीहरूको यौन साथीको जीवनमा प्रभाव पारिरहेको छ । एजेन्सीको सहयोगमा ।