८ मंसिर २०८३, मंगलबार

क्वारेन्टाइनमै वडाध्यक्षमाथि कुटपिट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १७ चैत । पुर्चौडी नगरपालिकाका एक वडाध्यक्षमाथि क्वारेन्टाइनमै कुटपिट भएको छ । नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम बहादुर ऐरमाथि मदिरा सेवन गरि सोही वडाका धर्मानन्द बडुले कुटपिट गरेका हुन् ।

उक्त वडाको ग्वाल्लेक मावि वडलेकमा स्थापना गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरि होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाअध्यक्ष ऐर कुटिएका हुुन्।

कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बडुले मदिरा सेवन गरेर कुटपिट गरेको बारे अनुसन्धन भइरहेको प्रहरीे बताएको छ ।

वडाअध्यक्षलाई कुुटपिट गर्ने बडुलाई कानुन बमोजिम कार्बाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाअध्यक्षको अवस्था सामान्य रहेको छ ।