६ कार्तिक २०८३, शुक्रबार

इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ चैत । सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रका सेवाप्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए ।