मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

ग्यासकाे अभाव हटाउन आधा सिलिन्डर वितरण

दैनिक नेपाल २०७६ चैत १४ गते ७:२०

काठमाडौं, १४ चैत । नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ ।

बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४।२ किलोग्राम ग्यास पुर्‍याउने निगमले जनाएको छ ।

कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने भएको हो ।

घरमा एउटा सिलिन्डर प्रयोग हुने हो तर अधिकाशंले आठ÷दसवटा राखेको भन्दै वितरण साइकल प्रभावित हुने भएकाले केही समयका लागि आधा सिलिन्डर वितरण गरिने निगमले जनाएको छ ।

हाल ३० लाख सिलिन्डर बजारमा छन् । आघा सिलिन्डर वितरणबाट ग्यासको अभाव सहज हुने समेत निगमको विश्वास छ ।

ती सिलिन्डर मौज्दात राखिएकाले तत्काल बजारमा फर्किन नसक्ने अवस्था भएपछि मौज्दात सिलिन्डर बजारमा ल्याउनका लागि आधा पठाउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडले जानकारी दिए । गोरखापत्र दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित