२९ आश्विन २०८३, बिहिबार

प्रबासी नेपाली मञ्च मलेसियाको अधिवेशन तयारी तिब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

received_928386967206735

– संजिब दाहाल

मलेसिया । प्रवासी नेपाली मञ्च मलेसिया शाखा प्रथम अधिबेशनको मार्च १५ मा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने प्रथम सम्मेलनको तयारी तिव्रता परिएको छ ।

प्रबासी नेपाली मञ्च मलेसियाको प्रथम अधिबेशन मलेसियाको राजधानी क्वालालम्पुरमा होटेल ग्रान्ड कन्टिनेन्टल जलान राजा लाउतमा हुने लागको हो । मलेसियाभरिबाट ५ सय प्रतिनिधले भाग लिने प्रबासी नेपाली मञ्च मलेसियाका अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

सबै प्रतिनिधिहरुलाई खाना र यातायातको समेत व्यबस्था गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । प्रथम अधिबेशनलाई सफल बनाउन १०१ सदस्य अधिबेशन प्रचारप्रसार कमिटीले तिब्रताका साथ काम गरिरेको छ ।

सबै पेसागत मजदुरहरु, ब्यावसायी सबैलाई पत्र पठाएको पत्र नपाएमा त्यहिलाई सुचना मानेर आउन मञ्चले आव्हान गरेको छ ।

एमालेको प्रबासमा समेत आफ्नो मञ्च मार्फत आफ्ना कार्यकर्तालाई सगठित बनाउने उद्देश्यले स्थापना भएको मञ्चलाई गत महाअधिबेशले पास गरेको थियो ।

गत महिना मात्रै कतारमा प्रथम अधिबेशन गरिएको थियो । हाल २८ देशमा गरि करिब १ लाख आफ्ना कार्यकर्ता मञ्च मार्फत आवद्ध भईसकेको एमाले विदेश विभागले जनाएको छ ।

प्रवासी नेपाली मलेसिया ५ सय आवद्ध भईसकेको अब विस्तारमा प्रथामिकता साथ लाग्ने मञ्चका अध्यक्ष भण्डारीले बताउनुभयो । जोरबारु र पेनाङ भने क्षेत्रिय कमिटि गठन भईसकेको अन्य राज्य पनि निकट समय विस्तार हुने भण्डारीले जानकारी दिनुभयो ।

प्रबासी नेपाली मलेसियनको प्रथम अधिबेशनमा प्रमुख अतिथी नेकपा एमाले महासचिब र्इश्वर पोख्रेल र सचिब योगेश भट्टराइको विशेष आथिथ्यतामा अधिबेशन सफल पारिने आयोजकले जनाएको छ ।

अधिवशेनको मार्च १५ तरिकका दिन बिहान ११ बजे प्रमुख अतिथीबाट महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको बन्द शत्र समेत सोही दिन हुनेछ । प्रथम सम्मेलनबाट नयाँ नेतृत्व समेत चुनिने छ ।