
काठमाडौं, ११ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट. पार्टी नेकपाका सांसदहरुले कोरोना रोकथाम कोषमा १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।
दुई सय जना सांसदले कोषमा परिश्रमिक जम्म गर्न लागेका हुन् । उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैंक, सिहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ जम्मा हुने नेकपाले जनाएको छ ।
कोषमा सांसदहरुबाट ६४ लाख ३९ हजार जम्मा हुने बताइएको छ ।











प्रतिक्रिया