४ कार्तिक २०८३, बुधबार

नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ११ चेतै । विदेशका नेपालीमा कोभिड-१९ संक्रमण देखिन थालेपछि सरकारले नेपाली दूतावासलाई उनीहरूको उपचारमा ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग समन्वय गरी तत्काल उचित उपचारको व्यवस्थापनमा लाग्न पनि दूतावासहरूलाई भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकामा दुई, पोर्चुगलमा तीन, बहराइनमा तीन र यूएईमा दुई नेपालीमा संक्रमण देखिएको छ। ‘राजदूतावासलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सबै सहयोग पुर्‍याउन र स्थितिको आकलन गर्न निर्देशन दिइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

सरकारले यसअघि आफ्ना नागरिकलाई सुरक्षित बनाउन र जानकारीमूलक सन्देश प्रवाह गर्न भनेको थियो।

पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावास र अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासलाई संक्रमितको उपचारमा समन्वय गर्न निर्देशन दिइएको परराष्ट्र अधिकारीले जानकारी दिए।

नेपाली दूतावासले गैरआवासीय नेपाली संघका प्रतिनिधि र अन्य विभिन्न सञ्जालमार्फत पनि नेपालीको अवस्था बुझिरहेको छ। स्पेनस्थित नेपाली दूतावास, इटाली हेर्ने जेनेभास्थित नेपाली नियोगलाई सरकारले त्यहाँको नेपालीको अवस्थाबारे दैनिक जानकारी मागेको परराष्ट्र अधिकारीको भनाइ छ। बेलायतमा एक नेपालीको निधन कोभिड—१९ बाट भए÷नभएको विषयमा पनि छलफल भइरहेको ती अधिकारीले बताए।

परराष्ट्रसचिव शंकरदास वैरागीले सबै दूतावाससँग मन्त्रालय नियमित सम्पर्कमा रहेको र त्यहाँका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको बताए। ‘हामीले त्यहाँका आफ्ना नागरिकलाई कुनै प्रकारको कमजोरी हुन नपाओस् भनेर दूतावासलाई समन्वय गर्न भनेका छौं’, उनले भने, ‘दूतावासले पनि दैनिक आफ्ना सूचना यता पठाइरहेका छन्। दूतावासले गैरआवासीय नेपाली र त्यहाँको विदेशी समन्वय डेस्कसँग सहकार्य गरिरहेका छन्।’

उनका अनुसार सबै राजदूत सम्बन्धित मुलुकमै रहेर त्यहाँको सरकारसँग सहकार्य गरिरहेका छन्। ‘जापानको राजदूत छुट्टीमा हुनुहुन्छ भने दक्षिण कोरिया, दक्षिण अफ्रिकामा केही समयदेखि कार्यवाहकले चलाइरहनुभएको छ’, उनले भने। चीनबाट लीलामणि पौड्याल फर्किसकेकाले त्यहाँ पनि कार्यवाहक राजदूतले नै सबै कार्य गरिरहेका छन्। अन्नपूरर्णपाेस्ट दैनिकले खबर छापेकाे छ ।