८ मंसिर २०८३, मंगलबार

‘विप्लव’का दाइसहित छ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाई सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

विप्लवका दाई जयेन्द्र चन्दसहित विनोद चन्द, प्रेम कृष्ण, कृष्ण मगर, अनिल मगर र कमल सुनार पक्राउ परेका हुन् ।

उनिहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीको टोलीले आइतबार राति पक्राउ गरेको हो । उनिहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।