
काठमाडौं, १० चैत । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेमाथि आज संसदीय सुनुवाई हुँदैछ । पाण्डेविरुद्व कुनै उजुरी परेको छैन ।
फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि राजदूत बनाउने निर्णय गरेको थियो । पाण्डेलाई आजकै बैठकबाट अनुमोदित गर्ने संसदीय सुनुवाइ समितिको तयारी छ ।
संसदीय समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नेछिन् ।











प्रतिक्रिया