८ मंसिर २०८३, मंगलबार

अनिश्चिकालका लागि रसुवा प्रवेशमा प्रतिबन्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १० चैत । आजबाट रसुवा जिल्ला प्रवेशमा रोक लगाइएको छ । रसुवा प्रवेश गर्ने प्रमुख बेत्रावती नाका पनि नेपाल सरकारको अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको हो ।

कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै आज बिहानदेखि अत्यावश्यक सवारी साधनबाहेक अन्य दोहोरो आवतजावत गर्न बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यसैगरी सरकारी वा संस्थानका सवारी साधन, सार्वजनिक सवारी साधन जिल्लाभित्र वा बाहिर सञ्चालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनिवार्य स्वीकृति लिएर मात्र चलाउने व्यवस्था गरिएको छ ।