८ मंसिर २०८३, मंगलबार

आजदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक, निजी गाडी चल्न पाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । सरकारले आजदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले केही दिनका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको हो ।

काठमाडौं उपत्यकामा भने ३ वटै जिल्लामा सार्वजनिक यातायातमा चल्न पाउनेछन् । निजी सवारी साधन तथा र मोटरसाइकल र स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्र धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्ने हुनाले लामो दुरीका सवारीसाधनमा रोक लगाइएको हो । निजी सवारी साधन भने रोक लगाइएको छैन ।