४ कार्तिक २०८३, बुधबार

चिकित्सक संघले तोक्यो परामर्शका लागि प्रतिनिधि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट जोगिन आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था र भीडभाड हुने अन्य स्थलमा नगई घरमै सुरक्षित रहन सर्वसाधारण नागरिकलाई अपिल गरेको छ।

संघले देशभरका सम्पूर्ण सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेमा संघको केन्द्रीय कार्यालयका तोकिएका विशेषज्ञ चिकित्सकलाई सम्र्पक गर्न अनुरोध गरेको छ। संघका महासचिव डा. बद्री रिजालद्वारा आइतबार हस्ताक्षरित सूचनामा १३ जना चिकित्सकको नाम, सम्पर्क नम्बर र समय उल्लेख गरिएको छ।

यसै गरी संघका सम्पूर्ण शाखा कार्यालयले परामर्श सेवा प्रदान गर्न चाहने इच्छुक चिकित्सक र विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि चिकित्सकको नामावली र उपलब्ध समय तोकी सम्पूर्ण नागरिकलाई कोरोना भाइरसका सम्बन्धमा उचित परापर्श दिई सरकारलाई अतुलनीय सहयोग गर्नसमेत अनुरोध गरेको छ। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।