८ मंसिर २०८३, मंगलबार

नेपाल प्रहरीको प्रदेश संरचना : विज्ञका रुपमा पूर्वआईजी राना र पूर्वएआईजी शाह नियुक्त

16.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेपाल प्रहरीको प्रादेशिक संरचना, कर्तव्य अधिकार, क्षेत्राधिकारका विषयमा राय बुझ्नका लागि विज्ञका रूपमा पूर्वमहानिरिक्षक (आईजी) कुवेर सिंह राना र पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहलाई नियुक्त गरिएको छ ।

प्रहरी संगठनको कर्तव्य र सीमाबारे राम्रो जानकार मानिने राना र शाहलाई गृह मन्त्रालयले विज्ञका रुपमा नियुक्त गरेको हो । अब प्रादेशिक संरचनामा प्रहरीका कुन तहका अधिकृतलाई कुन जिम्मेवारी दिने, केन्द्र माथाहतमा कुन तहसम्मको सरुवा बढुवाको जिम्मेवारी प्रदेश वा संघीय सरकारसँग रहने भन्ने विषयमा विज्ञको रायका आधारमा नै नीति बन्नेछ ।

‘प्रहरीमा व्यावसायीक र कार्यकौशलतामा प्रखर मानिएका दुई जना पूर्वअधिकारीको रायले संगठनको हितानुकुल र व्यवाहारिक नीति तथा ऐन बन्न सक्छ’, एक प्रहरी अधिकारीले भने,‘अहिले अलमल रहेका कतिपय विषयमा दुवैजनाको रायले निक्कै मद्दत पुग्न सक्नेछ ।’

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले तयार पारेका विविध विषयमा पनि विज्ञले अध्ययन गरी सुझाव दिनेछन् । ‘विज्ञका सुझावका आधारमा कानुन बन्ने र सोही कानुन संसदमा पेस हुनेछ’, गृह स्रोतले भन्यो ।