८ मंसिर २०८३, मंगलबार

टेकुमा कोरोनाका बिरामीको मात्रै उपचार गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस कोभिड–१९ का बिरामीको मात्रै उपचार गर्ने भएको छ ।

टेकुमा रहेका बिरामीलाई अन्य अस्पतालमा रिफर गरेर कोरोनाका बिरामीको मात्रै उपचार गर्ने व्यवस्था मिलाउन लागिएको अस्पतालले जनाएको छ ।

एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ । अस्पताललाई कोभिडको उपचारमा मात्रै केन्द्रित गर्न पूर्वाधारसमेत थपिएको छ ।

विशेषज्ञलाई जटिल बिरामी मात्रै हेर्ने जिम्मा दिइएको छ भने सामान्य रुघाखोकीका बिरामी हेर्न ज्वरो क्लिनिक व्यवस्था गरिएको छ ।