काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९)ले विश्व आक्रान्त बनेको छ । यसको पीडा भोगीरहेको एउटा मुलुक हो, बेलायत । त्यसभित्रको स्कटल्यान्ड पनि । यो महामारीमा मनकारी मान्छे भेटिन दुर्लभ छ । त्यो दुर्लभभित्रकी पात्र हुन् कमला श्रेष्ठ ।
स्कटल्यान्ड नेप्लिज एसोशियसन, एडिनबरा तथा नेपाल स्कटल्याण्ड स्पोर्टस् क्लबकमा रहेकी समाजसेवी, गायिका तथा रेष्टुरेन्ट व्यावसायी कमला (कोमल) श्रेष्ठले २ जना नेपाली विद्यार्थीको १ महिनाको घर भाडा तथा खानाको जिम्मा लिएकी छन् ।
महँगो बसाई र खर्चको जिम्मा लिन सक्ने कमला मनकारी छन् ।
नेपालबाट पुगेर एडिनबरा नापियर विश्वविद्यालयमा अध्ययनरत सहयोग पाउने विद्यार्थी चेत सुनुवारले भनिन्,‘दिदीले यस महंगी अनि महामारी संकटमा परेका हामी विद्यार्थीको लागि जुन कोमल हृदय देखाउनु भएको छ, त्यसको बखान नै गर्न सक्दिन । हाम्रो घरभाडा र खानाको बन्दोबस्त गरिदिनु भएर हामीलाई उपकार भएको छ ।’
समस्यामा परेका स्कटल्याण्डमा रहेका नेपालीहरुका लागि पनि सहयोगका हात अगाडि बढाएकी कमला गत अक्टोबरमा नेपालमा पनि बिभिन्न च्यारिटीमा संलग्न थिइन् ।
कमला भन्छिन्,‘यस्तो संकट सबैलाई समान हो । यहि बेला हामीले नसोचे कसले सोच्न सक्ला र ?’
उनी अगाडि जोड्छिन्,‘बिशेषत बेलायतमा रहनु भएका हाम्रा नेपाली बाबा आमाहरुको बारेमा, जसको नजिकको आफन्तजन साथमा नहुनु भएकाहरुले खानादेखि अन्य कुरामा पनि समस्या भोग्नुपर्ने सम्भावना रहेकोले हामी सबैले उहाँहरुको खाध्य सामाग्रीको ब्यबस्थापनको बारेमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।’
बेलायतमा रहेका नेपाली बिद्यार्थीलाई समस्या पर्ने देखिएकाले सबैले सहयोग गर्नुपर्ने उनको बुझाई छ । उनी जोड्छिन्,‘यसै सिलसिलामा अहिले केही विद्यार्थीलाई सहयोग गर्न लागेकी हुँ । जे होस् हामी जस जसले जति सक्छौ समस्यामा परेका वृद्ध, नेपाली बाबा आमा, भाइ बहिनीहरुलाई सहयोग गर्नुपर्ने देखिन्छ ।’











प्रतिक्रिया