८ मंसिर २०८३, मंगलबार

कोरोनाको आशंकामा तीनजना सेती प्रादेशिक अस्पताल भर्ना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली , ८ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

तीनैजनाको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।

नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र सोमबार रिपोर्ट आउने अस्पतालले जनाएको छ ।