८ मंसिर २०८३, मंगलबार

नेपालमा कोरोना संंक्रमणको हल्ला चलाउन कसले बनायो त्यो अडियो ?

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । कोरोना भाइरस संक्रमण भई नर्भिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मान्छे मरेको भन्ने हल्लाबारेको अडियो बनाउनेलाई प्रहरीले पहिचान गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त अडियोमा कुनै सत्यता नरहेको र यसरी त्रास फैलाउनेको पहिचान भइसकेको प्रहरीले जनाएको छ । अडियो बनाउने उद्देश्य र कारणबारे अनुसन्धान गर्न प्रहरीको साइबर सेल सक्रिय रहेको छ ।

‘पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेछौं, यो अत्यन्तै भ्रामक र त्रास फैलाउने गतिविधि हो’, प्रहरी अधिकारी भन्छन् ।

नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीले अडियोमा भनिएजस्तो केही नभएको बताएका छन् । उनले नर्भिक अस्पतालबारे भ्रम फिजाउनका लागि यस्तो गलत काम गर्नेलाई कारबाही गर्नका लागि अनुरोध समेत गरेका छन् । नर्भिक अस्पतालमा त्यस्ता कुनै रोगी नभएको पनि उनले जनाएका छन् ।