
काठमाडाैं, ८ चैत । अलिबाबाका संस्थापक ज्याक माले नेपाललाई कोरोनासंग लड्न सहायता सामग्री सहयोग गर्ने भएका छन् । माले भेन्टिलेटर, टेस्टिङ किट र मास्क नेपाललाई सहयोग गर्न लागेका हुन् ।
ज्याक माले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन्। माले ट्वीट गर्दै सकेसम्म छिटो सहायता सामग्री उपलब्ध गराउने बताएका छन् ।
माले नेपाल सहित नौ राष्ट्रलाई पनि सहयोग गर्ने बताएका छन् । उनले नेपाल, अफगानिस्तान,बंगलादेश, म्यानमार, मंगोलिया,माल्दिभ्स,श्रीलंका, कम्बोडिया, लावस र पाकिस्तानलाई सहयोग गर्ने भएका हुन्।
भारतका मुकेश अम्बानीलाई उछिनेर उनी एसियाकै धनी व्यक्तिमा सूचीकृत भएका थिए।











प्रतिक्रिया