
उदयपुर, ८ चैत । उदयपुरको त्रियुगा नगरपालिका –९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । चुहाडेबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित ३ जनालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका १४ वर्षीय रोशन दनुवारकाको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अपस्पतालमा शनिबार बिहान मृत्यु भएको छ।
अर्का घाइते ६२ वर्षीय तिलक दनुवारको गएराती नै जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
शुक्रबार साँझ ६ बजे झिल्के चोकस्थित बाटो छेउमा बसिरहेका रोशन, तिलक र ३२ वर्षीय राजकुमार दनुवारलाई एम्बुलेन्सले ठक्क दिएको थियो।











प्रतिक्रिया