काठमाडौं, ७ चैत । कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि सरकारलगायत राज्यका विभिन्न अंगले विविध उपायको खोजी गरिरहेका छन् । सतर्कताका लागि सामाजिक सञ्जालमा पनि विभिन्न व्यक्तिहरूले सचेतना र सुझाव दिने क्रम जारी रहेको छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी प्रदेश १ का सदस्य जीवन आचार्यले पनि सरकारलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । चीनबाट कोरोना संक्रमण भए उपचारका लागि सहयोग गर्न डाक्टरहरूको टोली नेपाल आउन इच्छुक रहेको सन्दर्भ जोडेका आचार्य लेख्छन्,‘कोरोना भाइरस संक्रमणबाट बच्नका लागि खासै केही कदम चालिएको देखिँदैन, कामचलाऊ मात्रै देखिन्छ । कोरोना भाइरस संक्रमण परिक्षण टेकु अस्पतालमा मात्रै हुन्छ, सातै प्रदेशमा परिक्षण केन्द्र स्थापना गरिनुपर्छ ।’
आचार्यले क्वारेन्टाइनका लागि त्रिभुवन विश्वविद्यालयलगायत उसका आंगिक क्याम्पसका प्राङ्गणलाई उपयोग गर्न सकिने उल्लेख गर्दै लेखेका छन्,‘त्यसबेलासम्म कलेज बिदा दिएर क्वारेन्टाइन स्थापना गरौं, भौतिक संरचनाको कमी छैन ।’
प्राकृतिक विपदलाई सामना गर्नुको विकल्प नरहेको उल्लेख गरेका आचार्य थप लेख्छन्,‘स्वास्थ्यकर्मीले गर्मीयाममा यो भाइरसको संक्रमणको प्रभाव ज्यादा नहुने उल्लेख गरेका कारण त्यसबेलासम्मका लागि सोचौं र केही गरौं ।’











प्रतिक्रिया