
काठमाडाैं, ७ चैत । कोरोना संक्रमित मुलुकबाट नेपाली स्वदेश फर्कन नपाउने भएका छन् । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन प्रतिबन्ध गरेको हो ।
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि युरोपेली, पश्चिम एसियाली, खाडी, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिक र त्यहाँ रहेका नेपालीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको हो।
गैरआवसीय नेपाली मात्र होइन पर्यटन भिसामा ती मुलुक पुगेका नेपालीसमेत शुक्रबार मध्यरातिदेखि नेपाल फर्कन पाउने छैनन्। कोहि व्यक्ति प्रतिबन्धीत मुलुकबाट नेपाल आएमा फिर्ता गरिने बताइएको छ ।
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले संक्रमित मुलुकबाट आउने नेपालीसहित सबै यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।











प्रतिक्रिया