८ मंसिर २०८३, मंगलबार

पूर्वमन्त्री बास्कोटाकोे घरमा बम विष्फोट गराउने ३ पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत ।  पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित निर्माणाधीन घरमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका विप्लव कार्यकर्ता भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लक्ष्मण सेठी, अमृत कुमाल र टेक लोहार रहेका छन् ।

विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीलले जनाएको छ ।

बाँस्कोटाको घरमा गत फागुन २८ गते बिहान बम विष्फोट भएको थियो ।