
चितवन, ७ चैत । भरतपुर महानगरपालिकामा कोरोना विशेष अस्पताल तयार भएको छ । ७२ घण्टामा उक्त अस्पताल तयार गरिएको हो ।
अस्पतालमा ७० शैयाको व्यवस्था गरेको महानगरपालिकाकी मेयर रेणु दहालले जानकारी दिइन् । अस्पताल आजै शुभारम्भ गर्ने तयारीसमेत भएको छ ।
अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।
मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।











प्रतिक्रिया