८ मंसिर २०८३, मंगलबार

कोरोना त्रास : सामान्य अपराधमा थुनामा रहेका थुनुवालाई रिहा गरिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । सरकारले कोरोना भाइरसको सम्भावित जोखीमलाई ध्यानमा राख्दै सामान्य अपराधमा थुनामा रहेका थुनुवालाई रिहा गर्ने निर्णय गरेको छ ।

गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुने छ ।

यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ। बिहीबार मात्रै प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ।