
काठमाडौं, ६ चैत । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
बैठकमा २५ जनाभन्दा बढी सहभागी हुने भएपछि बैठक स्थगित गरिएको हो । सरकारले २५ भन्दा धेरै भेला हुन नपाइने निर्देशन जारी गरेकोमा बैठकमा २५ भन्दा धेरै हुने भएपछि स्थगित गरिएको हो ।
समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले दर्ता गरेको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५, माथि छलफल गर्ने कार्यसूची थियो ।
सरकारले कोरोना भाइरसबाट बच्न भन्दै बुधबार २५ जनाभन्दा बढी भेला नहुन भनेर निर्देशन जारी गरेको थियो ।











प्रतिक्रिया