रौतहट, ६ चैत । रौतहट जिल्लासहित देशका विभिन्न स्थानमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भएको छ ।
वार्षिक परीक्षामा रौतहटमा चरम लापर्वाही देखिएको विद्यार्थीले आरोप लगाएका छन् । रौतहटको बृन्दावन नगरपालिकामा विद्यार्थीलाई पुरानै प्रश्नपत्रमा नयाँ मिति राखेर वार्षिक परीक्षा भइरहेको पाइएको छ ।
सो नगरपालिकामा नगरस्तरीय परीक्षा अन्तरगत बृन्दावान नगरभरि कक्षा ८ का बिद्यार्थीलाई पुरानै प्रश्नपत्रबाट परीक्षा लिरहेको पाइएको छ ।
शिक्षक तथा शिक्षा संयोजक रामजी राय यादवको चरम लापरवाहीका कारण बिद्यार्थीको जीवनसंग खेलवाड भएको अभिभाकहरूले गुनासो गरेका हुन् । सो नगरक्षेत्र अन्तरगतको सबै बिद्यालयमा पुरानै प्रश्नपत्र प्रयोग गरी कक्षा ८ को परीक्षा सञ्चालन गरी परीक्षा लिएको हो ।
पुरानै प्रश्नपत्रबाट परीक्षा भइरहेको गुनासोका बारेमा शिक्षा संयोजक रामजी राय यादवले आफूहरूबाट ठूलो गल्ती भएको स्वीकार गरेका छन् । सो नगरपालिकाभित्र रहेका विद्यार्थीको भविष्यमाथि खुलमखुल्ला खेलवाड भएको छ ।
हजारौं विद्यार्थीको भविष्यसंग खेलवाड गर्ने संयोजक यादवमाथी कडा कार्यवाही हुनुपर्ने अभिभावकहरूले माग समेत गरेका छन् ।
कक्षा ८ को परीक्षा रद्द गरी पुनः परीक्षा गराउन अभिभावकहरूले माग समेत गरेका छन् । यस्तै यस वर्षको वार्षिक परीक्षा रौतहटको गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिकामा समेत पुरानै प्रशनपत्रबाट परीक्षा सम्पन भएको पाइएको छ ।












प्रतिक्रिया