८ मंसिर २०८३, मंगलबार

ट्रकभित्र किशोरीको सामूहिक बलात्कार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, मा एक १७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

गन्तव्यसम्म पु¥याइदिने भन्दै युवतीलाई तीन युवाले ट्रकमा राखेर सामूहिक बलात्कार गरेका हुन् । प्रहरीले बलात्कारी तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

उनिहरुले धादिङ जान भनेर हिँडेकी युवतीलाई आफूहरुले पु¥याइदिने भन्दै ना ३ ख ६९४ नम्बरको ट्रकभित्र बलात्कार गरेका हुन् ।

उनिहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।