८ मंसिर २०८३, मंगलबार

कौशलटारमा सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ५ चैत । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार सडकमा मंगलबार एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नंको स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशल्टारमा बा. ५८ प. १६७७ नंको अर्को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीया सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते मोटरसाइकल चालक श्रेष्ठको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रहरीले स्कुटर चालक मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने १८ वर्षीया इशा ढेकेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।