– नारायण पाण्डे
टोक्यो, जापान । प्रवासमा रहेका नेपाली महिलाहरुले पनि विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।
जापानमा रहेका नेपाली महिलाहरुले आइतबार नारी दिवसकै अवसरमा अन्तरक्र्रिया गरेका छन् ।
१०५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार जापानको राजधानी टोकियोस्थित कामतामा ‘नेपाली महिलाहरुको समस्या, चुनौती र अबसर’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
उक्त कार्यक्रम प्रवासी नेपाली मञ्च जापानको महिला विभागले आयोजना गरेको थियो । सो कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानकी महिला विभाग प्रमुख सिर्जना केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मञ्च अध्यक्ष कृष्ण खड्काले प्रमुख अतिथिको आशन ग्रहण गर्नुभएको थियो ।
प्रवासी नेपाली मञ्च जापानका महासचिव कुलचन्द्र खरेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा दिपा घिमिरेले स्वागत मन्तब्य दिनुभएको थियो ।
गोष्ठी सहभागी सबैले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल र नेपालीको शीर उच्च पार्न योगदान गरेका महिलाहरू अनुराधा कोईराला, पुष्पा बस्नेत र पासाङ ल्यामु शेर्पा जस्ता महिलाको योगदानको सम्झना गरिएको थियो ।
बक्ताहरूले महिलामाथि हुने हत्या, हिंसा लौङ्गीक विभेद अन्तयको लागी सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।















प्रतिक्रिया