८ मंसिर २०८३, मंगलबार

खुकुरी प्रहार गरि हत्या गर्ने तीन युवा पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ४ चैत ।  एक युवाको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ६ गोलौरा निवासी २३ वर्षीय अनुप बस्नेत, २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् । ‘

उनिहरुले सोमबार बिहान खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ वर्षीय हिरा डाँगीको हत्या गरेका थिए । उनीहरू सबैलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

खुकुरी प्रहार गर्ने तुलसीपुर १० नयाँ गाउँ निवासी कस्मिर टन्डन अझै एक फरार रहेका छन् ।

प्रहरीले टन्डनको खोजी तीव्र पारेको तथा नेपाल–भारत सीमानाका लगायतका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।