
चितवन, ४ चैत । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा भरतपुर अस्पतालले चार जनाको नमुना परीक्षण गरेकोमा संक्रमण नरहेको पाइएको छ ।
भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो ।
काठमाडौंबाट सोमबार साँझ प्राप्त परीक्षण नतिजामा उनमा संक्रमण नदेखिएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएकोमा संक्रमण नरहेको पाइएको थियो ।











प्रतिक्रिया