
जनकपुर, ४ चैत । कोरोना संक्रमणको आशंकामा सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाबाट जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएका ९ जना बिरामीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
केही दिनअघि रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो ।
उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको थियो ।
उनिहरुमा सामान्य रुखा खोकी देखिएको अस्पतालले जनाएको छ । उनिहरुलाई समान्य उपचारपछि घर फर्काइएको छ ।











प्रतिक्रिया