८ मंसिर २०८३, मंगलबार

पनौतीमा कर्फ्यू लाग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ४ चैत ।  सोमबार काभ्रेपलाञ्चोककाे पनौतीमा टिपरको ठक्करबाट आमा छोेरीको मृत्यु भएपछि अशान्त बनेको पनौती मंगलबार बिहानैबाट फेरि अशान्त भएको छ ।

पनौतीका स्थानियले बिहानैदेखि प्रर्दशन गरिरहेका छन् । स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।

बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो ।