८ मंसिर २०८३, मंगलबार

स्थायी राजधानी र नामाकरणका लागि प्रदेश–२ मा आज मतदान हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत ।  प्रदेश–२ को स्थायी राजधानी र नामाकरणको लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशको नामाकरणमा दलहरुबिच सहमती हुन नसकेपछि मतदानबाट टुंगो लगाइँदै छ ।

प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग गरेका छन् । विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन् ।

तर पछि गएर समितिको बैठकमा नेपाली कांग्रेस र नेकपाले आ–आफ्नो प्रस्तावमा लचकता देखाउँदै आफुले प्रस्ताव गरेको नाममा मधेश जोडन सहमत भएतापनि सत्तापक्षको अडान कायम नै रहेपछि समितिमा प्रदेशको नाममा सहमति जुटन सकेको छैन् ।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ । नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ ।