८ मंसिर २०८३, मंगलबार

दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु, आफन्तद्वारा चिकित्सकमाथि कुटपिट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३ चैत ।  भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा दाँतको उपचार गराउन आएकी एक महिलको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ ।

गत शुक्रबार दाँतको उपचारका लागि नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ बर्दघाट बजारबाट उपचारका लागि आएकी यमकुमारी पुनको मृत्यु भएको हो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालका चिकित्कस तथा कर्मचारीहरुमाथि हातपात गरेका छन् ।

अस्पतालका चिकित्सक अर्चन घिमिरेलाई मृतकका आफन्तले कुटपिट गरेका हुन् । कुटपिटबाट चिकित्सक घिमिरे घाइते भएका छन् । यद्यपी घिमिरे भने उपचारमा संलग्न थिएनन् । अस्पतालमा अहिले पनि अवस्था तनावपूर्ण रहेको छ ।