
काठमाडौं, ३ चैत । नेपालस्थित अमेरिकी राजदूतावासले तत्कालका लागि डाइभर्सिटी भिसा डिभी र गैरआप्रवासी भिसा रद्व गरेको छ ।
कोरोना भाइरसको महामारी विश्वभर तिव्र गतिमा फैलिरहेकाले अमेरिकाले सम्भावित जोखिलाई मध्यनगर गर्दै तत्कालका लागि भिसा रद्व गरेको हो ।
भिसा कहिले खुल्छ भन्ने विषयमा भने कुनै जानकारी गराइएको छैन । दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे रद्वको निर्णय गरेको हो । यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।











प्रतिक्रिया