
काठमाडाैं, ३ चैत । दुवईमा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण दखिएपछि उनिहरुलाई नेपाल फर्काउने विषयमा छलफल भइरहेको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अहिले संक्रमित नेपालीको उपचार भइरहेको र उनिहरुलाई स्वदेशमै ल्याएर उपचार गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । हालसम्म कतार सरकारले संक्रमित दुई नेपालीलाई नेपाल फर्काउन अनुमति दिएको छैन ।
उनिहरुको अवस्था अहिले सामान्य रहेको छ । यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो ।
उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ ।











प्रतिक्रिया