८ मंसिर २०८३, मंगलबार

कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ चैत ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जाखिमलाई ध्यानमा राखि कतार सरकारले कतारमा रहेका करिब चार हजार नेपाली कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको हो । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । नेपाली कामदारहरुको स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षणसमेत गरिरहेको बताइएको छ । बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन ।