८ मंसिर २०८३, मंगलबार

कोरोना नियन्त्रण छलफलका लागि उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि छलफलका लागि उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ ।

बैठक दिँउसो १ बजे मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा बस्दै छ । सरकारले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापकीय तयारी अघि बढाएको हो।

चीन र भारतसँग सिमाना जोडिएका प्रवेश नाकामा ४३ वटा हेल्थ डेस्कबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।