८ मंसिर २०८३, मंगलबार

टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ चैत ।  भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।

बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा ईश्वर मोक्तानका १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।