८ मंसिर २०८३, मंगलबार

आफ्नो जिल्लामा सभापति देउवाले हस्तक्षेप गरेपछि महामन्त्री कोइरालाको यस्तो पत्र

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । चुनावी जिल्ला नवलपरासी कार्यसमितिमा सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरी नयाँ नेतृत्व तोकेपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पत्र लेखेका छन् ।

सभापति देउवाले नवलपरासी (पश्चिम) मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि असन्तुष्ट बनेका कोइरालाले कार्यसमिति यथावत राख्न देउवालाई पत्र लेखेका हुन् ।

नवलपरासी विभाजन हुँदा काँग्रेसले नवलपरासी (पश्चिम) मा जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहक जिम्मेवारी दिएको थियो ।

विधानअनुसार निर्णय गरेको भन्दै देउवाले सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेपछि डा. कोइरालाको लिखित असन्तोष पत्रका रुपमा बाहिरिएको छ ।

महामन्त्री कोइरालाले भने पार्टीको १४औँ महाधिवेशनको मुखमा पोखरेललाई हटाई पौडेललाई जिम्मेवारी दिनु विधानविपरित भएको पत्रका उल्लेख गरेका छन् ।

महामन्त्री कोइरालाले सहमति बिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गर्नु सहमति, सहकार्य र एकताको नीतिविरुद्ध रहेको उल्लेख गरेका छन् ।